२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा-आँबुखैरेनी सडक मुग्लिनसम्मै बिस्तार हुने

अ+ अ-

काठमाडौँ। पोखराबाट आँबुखैरेनीसम्म बिस्तार भएको सडक अब मुग्लिनसम्मै बिस्तार गर्न बाटो खुलेको छ।

सरकारले सडकको ‘राइट अफ वे’ निर्धारण गरेकाले अब सो सडकलाई मुग्लिन पुलसम्मै बिस्तारको बाटो खुलेको हो। यसअघि सडकको ‘राइट अफ वे’ निर्धारण नहुँदा आँबुखैरेनीबाट पश्चिमतर्फमा बाटो बिस्तार भएको छ।

आँबुखैरेनी-मुग्लिन पुल सडकखण्डको बिचमा सडक किनारमै मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस भएकाले आँबुखैरेनीबाट मुग्लिनतर्फको सडक बिस्तार हुन सकेको छैन। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस छल्ने गरी सडक सीमा निर्धारण गरेको छ।

बैठकपछि सरकारका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार अब मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनार (गोरखातर्फ) देखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टी गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गर्ने निर्णय भएको छ।

र, सडकको केन्द्र रेखाबाट दायाँ-वायाँ १५-१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गरिएको छ। एसियाली विकास बैंकको सहयोगमा बिस्तार भएको पोखरा-आँबुखैरेनी सडक अब मुग्लिनसम्मै बिस्तार हुने अपेक्षा छ।