काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जेनजेड प्रदर्शनका क्रममा भएका घटनाहरू नेपालको इतिहासमा अकल्पनीय र दुःखद घटना भएको बताएका छन् । सोमबार बडादसैँको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति व्यक्ति बीचको एकतालाई अझै मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा देउवाले व्यक्त गरेका छन् ।








