२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

अ+ अ-

काठमाडौँ । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ ।

सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा  गएराति भएको खेलमा  नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । 

सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए । यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगो १६ रन जोडे ।

नेपालको लागि  आदिल आलमले ४ विकेट लिए । यस्तै, कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो ।  

नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे  । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए । 

यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए ।