२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवरात्रको अन्तिम दिन आज : सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिँदै

अ+ अ-

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन आज नवरात्रको अन्तिम दिनका अवसरमा नवदुर्गामध्ये नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातन परम्पनाअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा देवी सिद्धिदात्रीको आराधना गर्ने चलन रहिआएको छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकाले उनी ‘सिद्धिदात्री’ नामले चिनिन्छिन्। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई ‘सिद्धिदायिनी’ पनि भनिन्छ।

धार्मिक विश्वासअनुसार सिद्धिदात्री देवीको पूजाआराधना गरे मनोकामना पूरा हुने मान्यता छ। ब्रह्माजीले मार्कण्डेय ऋषिलाई दुर्गा देवीका नौ नाम बताएको प्रसङ्ग विभिन्न पुराणमा उल्लेख छ। ती नौ नाम स्मरणमात्र गर्दा पनि मानिसले कष्ट र सङ्कटबाट मुक्त हुने विश्वास गरिन्छ।

यस वर्ष नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार घटस्थापनासहित देवी शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो र पाँचौँ दिन कुष्माण्डा, छैटौँ दिन स्कन्दमाता, सातौँ दिन कात्यायनी, आठौँ दिन कालरात्रि र नवौँ दिन महागौरी देवीको विधिपूर्वक आराधना सम्पन्न गरिएको थियो। आज नवमीका दिन अन्तिम देवी सिद्धिदात्रीको विशेष पूजा आराधना गरिँदैछ।

नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठसहित पूजाआराधना गर्ने परम्परा छ। यस अवसरमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ। पूजाबाट प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने शास्त्रीय विधि रहेको छ। यस वर्ष विजयादशमी असोज १६ गते बिहीबार परेको छ। साइत खोज्नेका लागि बिहान ११ः५३ उत्तम रहेको पञ्चाङ्ग समितिले जनाएको छ।

नवरात्रको अन्तिम दिन महानवमीका अवसरमा आज शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ। घरघरमै पनि विशेष पूजा, आराधना र बली अर्पणसहित महानवमीको दिन मनाउने परम्परा रहिआएको छ। यसरी नेपालीहरूले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन लामो बडादसैँ पर्व विशेष श्रद्धा र उत्साहका साथ मनाउने गर्छन्।