काठमाडौँ । आज ३५ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विधि कार्यक्रम गरी मनाइँदै छ।
संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रस्ताव पारित गरेको थियो। त्यसपछि विश्वभर आजको दिनमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ।
आज ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदै छन्।
नेपालको संविधानले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र मासिक चार हजार भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ।







