२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

अ+ अ-

काठमाडौँ । बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै छ ।

महोत्तरीसहित मिथिला क्षेत्रमा महानवमीका दिन घरघरमा कन्या पूजा गरी नवरात्रि पर्व समापन भइरहेको जलेश्वर-८ का पण्डित गोविन्द झाले बताए । बडादसैँको घटस्थापनादेखि आजसम्म नौ दिनसम्म व्रत बसेका श्रद्धालु महिला तथा पुरुषले आज नवौँ दिनका अवसरमा गच्छेअनुसार पाँच, सात वा नौ जना कन्यालाई बोलाएर पूजा गरी नवरात्रि व्रत समापन गर्ने परम्परा रहिआएको छ ।

आ-आफ्ना घर तथा टोल-छिमेकीका कुमारीलाई कन्याकुमारीलाई बोलाएर निजहरूका खुट्टा धोई टाउकोमा चुनरी हालेर, जीउमा फूल प्रसादहरू चढाएर पूजा गरेका छन् भने पूजापश्चात्कन्याहरुलाई प्रसादका रूपमा हलुवा, पुरी र चनाको भोजन गराएका छन् भने भोजनपछि कन्याको पाउ ढोग्दै दक्षिणासहित बिदाइ गरेको नवरात्र व्रत बसेका श्रद्धालु जलेश्वर नगरपालिका–२ का सुदिश साहले बताए ।

मिथिलामा आजका दिन कन्यालाई माता वैष्णवीको रूप मानेर कन्यापूजन, कन्याभोजन र कन्याबाट आशीर्वाद प्राप्त गर्ने चलन रहेकाले यहाँका घर घरमा आज कन्या पूजन गरिँदै नवरात्रि पर्व समापनका क्रममा छ ।  

बडादसैँका नवरात्रि व्रत बसेर कन्यापूजन गर्नाले सुख, शान्ति र समृद्धिका साथै वर्षभरि मातादुर्गा भवानीको आशीर्वाद प्राप्त भइरहने जनविश्वास रहेका कारण मिथिलाको प्रत्येक घरमा नवरात्रि धुमधामका साथ मनाइने चलन रहेको जलेश्वर-५ का संस्कृतिविद् ध्रुव रायले बताए ।