२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडादसैँको नवौँ दिन नेवार समुदायले मनाए ‘स्याक्वट्याक्व’

अ+ अ-

काठमाडौँ । बडादसैँको नवौँ दिन आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी नेवार समुदायले ‘स्वाक्वट्याक्व’ धुमधामले मनाएका छन् । नेवार समुदायले महानवमीका अवसरमा आफ्ना इष्टदेवको पूजा गरी गच्छेअनुसार बलि दिएर स्याक्वट्याक्वको मनाएका हुन् । 

महानवमीको दिन बडादसैँको मुख्य दिन हो । यस दिन नेवार समुदायले काटमार गर्ने, आफ्ना काम गर्ने औजार, सवारी साधन, ज्यावल, भीमसेनलगायतका देवीदेवता र विशेष गरी माता दुर्गाको पूजाआराधना गर्ने तथा बलि दिने गर्दछन् ।

यस अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न धार्मिक तीर्थस्थल, शक्तिपीठ र टोलटोलका मठमन्दिरमा भक्तजनको भीड लागेको थियो । परम्पराअनुसार भक्तजनले बलि पूजा गरेका थिए । मध्यपुर थिमि-१, लोकन्थलीस्थित सिद्धिकाली मन्दिरमा बलि पूजा गर्न व्यस्त न्हुँछेबहादुर प्रजापतिले आसुरी शक्तिमाथि दैवी शक्तिको जितको प्रतीकका रूपमा रहेको बडादसैँ अर्थात् मोहनी नख:मा महानवमीमा नेवार समुदायले विशेष खालको कालो टीका तयार गर्दछन् । 

यही टीकालाई मोहनी भनिन्छ । दसैँमा तान्त्रिक विधिद्वारा पूजा गरी सली ९माटोको सानो भाँडो०मा मोहनी तयार गरिन्छ । मोहनी तयार गर्न विशेष खालको भाँडोमा तेल हालेर दियो बालिन्छ । त्यस दियोमाथि सली घोप्टो पारेर राखिन्छ । सली माथि पूजा गरिन्छ । यसरी सलीको भित्री भागमा दियोको धुवाँ जम्मा भएर मोहनी टीका तयार हुन्छ । 

आजै नेवार समुदायमा छुट्टिएर भिन्न बसेका दाजुभाइ एक ठाउँमा भेला भएर ‘सिउ भव्य’ खाने प्रचलन छ । विशेष गरी परिवारका जेठो व्यक्तिको घरमा जम्मा भएर यो भोज खाने परम्परा छ । कसै कसैको सबै दाजुभाइको घरमा पालैपालो गएर सिउ भव्य खाने गरिन्छ ।

नेवार समुदायमा आफ्ना इष्टदेवलाई बलि दिएको पशुपन्छीको सिउ भव्य खाने प्रचलन छ । भाले वा हाँस जस्ता पन्छी बलि दिएको अवस्थामा टाउको, पखेटा र खुट्टालाई सिङ्गै पकाइन्छ र त्यही टाउको, पखेटा तथा खुट्टा परिवारका जेठोदेखि क्रमैसँग सानो व्यक्तिलाई प्रदान गरेर खाने भोजलाई सिउ भव्य भनिन्छ ।

यसैगरी बोका, च्याङ्ग्रा जस्ता चौपाया बलि दिएको छ भने टाउकोलाई आँखा, कान, नाक, बंगारा र जिब्रो गरी आठ भागमा बाँडेर जेठोदेखि क्रमैसँगै सानो व्यक्तिलाई प्रदान गरेर सिउ भव्य खाइन्छ । सिउ भ्वयले दाजुभाइबीच एकताको सन्देश दिने संस्कृतिकर्मीको भनाइ छ । यो आफूभन्दा ठुलालाई आदर गर्ने परम्परा पनि हो ।