काठमाडौँ। चितवनमा रोकिएका सवारी साधनलाई गन्तव्यमा जान चितवन प्रहरीले अनुरोध गरेको छ ।
चितवन प्रहरीले चितवनको बाटोमा अलपत्र परि बसेका सबै यात्रुवाहक सवारी साधनहरूलाई गन्तव्यतिर सावधानीका साथ जान अनुरोध गरेको हो । हाल बाटो पूर्ण रूपमा सुचारु र सुरक्षित नहुँदा केही सावधानी अपनाई यात्रा गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।
मालवाहक सवारीसाधनहरूको हकमा भने अर्को सूचना जारी गरी जानकारी दिने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।
यसैबीच, बाटो पूर्ण सुचारु र सुरक्षित भइसकेकाले यात्रुहरूका लागि टिकट काट्ने तथा यात्रु जम्मा गर्ने कार्य नगर्न काउन्टरहरूलाई अनुरोध गरिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि टिकट बिक्री स्थगन गर्न आग्रह गरिएको छ।
सुरक्षाको दृष्टिकोणले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र आधिकारिक सूचनाहरूको पालना गर्न समेत अनुरोध गरिएको छ।
सूचनामा भनिएको छ, ‘हाल चितवन स्थित बाटोमा अलपत्र परि बसेका सम्पूर्ण यात्रुवाहक सवारीहरू गन्तव्यतिर सावधानीका साथ अगाडि जानुहुन अनुरोध । मालवाहक सवारीको हकमा पछि जानकारी गराइने छ। साथै बाटो पूर्ण सुचारु र सुरक्षित भई नसकेको हुँदा हाललाई काउण्टर बाट टिकट लिइ जाने सवारीहरू समेत अर्को सूचना न आउँदा सम्म टिकट काटी यात्रु जम्मा गर्ने कार्य नगर्न हुन अनुरोध छ ।’
विभिन्न जिल्लामा बाढी पहिरोको जोखिम रहेकाले सवारी आवतजावतमा रोक लगाइएको थियो ।







