२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावमा जाने विषयमा आमसहमति रहेको माओवादी बैठकमा ‘प्रचण्ड’को ब्रिफिङ

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपदबाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान गरेको हो । 

बैठकले विपद् प्रतिकार्यमा खटिइएका पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सामान्य कुराकानी भएको उल्लेख गर्दै उनले दुई दिनपछि बस्ने सचिवालय बैठकमा यसबारेमा विस्तृत छलफल हुने बताए । बैठकमा पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारलगायत विषयमा भइरहेको प्रगतिबारे अध्यक्ष दाहालले ‘ब्रिफिङ’ गरेका थिए । 

बैठकमा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न विघटित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जानकारी गराएका थिए । 

“चुनावमा सहभागिता सम्बन्धमा सबै पार्टीभित्र सकारात्मक छलफल भइरहेको छ, अन्य पार्टीको पनि बैठकहरू बस्दै छन्, चुनावमा जानेमा आमसहमति जस्तै बन्दै छ, माओवादीले त्यसमा नै जोड गरिरहेको छ”, संयोजक दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, “निर्वाचनसम्पन्न गरेर मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिलाई जोगाउन सकिन्छ, त्यसकारण चुनावलाई माओवादीले उच्च प्राथमिकतामा राखेको छ ।”

बैठकमा महाधिवेशनको कार्यविधि बनाउने, आयोजक समिति निश्चित गर्ने र विचार, संगठन तथा राजनीतिक कार्यदिशाका बारेमा सामान्य छलफल भएको जानकारी दिए ।