काठमाडौँ। नेपाल वायु सेवा निगमको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ यात्रुलाई लिएर चार्टर्ड फ्लाइट मार्फत काठमाडौँ प्रस्थान गरेको छ। आइतबार राति स्थगित भैरहवा-काठमाडौँ चार्टर्ड फ्लाइट आज साँझ भएको हो।
भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरूलाई चार्टर्ड फ्लाइट मार्फत आइतबार राती भैरहवाबाट काठमाडौँ पठाउने भनिएको थियो। तर अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरी आज सोमबार दिउसो २: ४५ बजेका लागि सारिएको थियो। तर आज पनि निर्धारित समय भन्दा तीन घण्टा ढिलो मात्रै उडान भएको हो।







