काठमाडौँ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
जेन जेड आन्दोलनको क्रममा आगजनी र तोडफोडमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले कोष स्थापना गरेको थियो ।
मंगलबार सोही कोषमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनालमार्फत कोषमा सहयोग गरेका हुन् ।
कम्पनीबाट नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय वाणिज्य बैंक स्थित खाता एक करोड पचास लाखको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको बताएको छ।







