काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन काठमाडौँ प्रहरी परिसर पुगेका छन् ।
अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू काठमाडौँ प्रहरी परिसर पुगेका हुन्।
उनीहरूले सिंहदरवार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुदनलाई आरोपित गरेका छन्।
यता आजै हामी नेपालका संस्थापक गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिएका थिए ।







