२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो अलैँचीको मूल्य 

अ+ अ-

काठमाडौँ । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) रु. ९० हजारमा मूल्य रहेकामा यसपटक भने रु. ८० हजारमा कारोबार भइरहेको छ ।

एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैँचीको मूल्य प्रतिमन रु. ८० हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी महासंघ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गतवर्ष प्रतिमन रु. एक लाख १० हजारसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घटेपछि मूल्य पनि घटेको व्यवसायीको हो । 

“उत्पादन बढी र माग कम भएका कारणले अलैँचीको मूल्य घटेको हो । गतवर्ष रु. ९० देखि रु एक लाख १० हजारसम्म कारोबार भएको थियो । हाल ग्रेडिङ राम्रो भएको अलैँची रु. ८२ हजार र ग्रेडिङ नभएको अलैँची ८० हजारमा कारोबार भइरहेको छ”, अध्यक्ष श्रेष्ठले भने । 

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ । सङ्खुवासभामा करिब दुई हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । जिल्लामा गतवर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो ।

अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ । यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेका गुनासो छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोहीअनुसार मूल्य पनि फरक रहेका छ ।