२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुर्जा घाटमा सोलार प्यानलबाट ‘चार्जिङ स्टेसन’

अ+ अ-

बागलुङ । तमानखोलाको जुर्गाघाटबासीले अब लेकमै पनि सोलारबाट मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका-१ र २ मा पर्ने गुर्जा घाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली पुगेको छैन । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा छन् ।

पाँच सयभन्दा बढी जनसङ्ख्या रहेको यस क्षेत्रका नागरिकले मोबाइल फोन बोके पनि चार्ज गर्न भने गाउँपालिको केन्द्र आसपासको गाउँमा आउनुपर्छ । यहाँ आउनका लागि पैदल दुई दिन जति लाग्छ ।

गाउँपालिकाका अधिकांश नागरिक पशुपालनमा आबद्ध रहेको हुँदा बर्खाको पाँच महिना गुर्जा घाटमा जान्छन् । तमानखोलाका दुई सयभन्दा बढी घर परिवार जेठ महिना देखिनै घुर्जाघाट उक्लिन सुरु गर्छन् ।

बर्खा भरी लेक (घुर्जघाट)मा बसेर असोज/कात्तिक तिर मात्रै बेसी (गाउँ) झर्छन् । असोज लागेपछि चिसो सुरु हुने हुँदा बेसी झर्ने उनीहरूको परम्परा जस्तो बनेको छ । तर पाँच घर परिवार भने स्थायी रूपमा गुर्जा घाटमा बस्छन् । गुर्जाको भेगमा मात्र २५ हजारभन्दा बढी भेडापालन हुँदै आएको छ । स्थानीयले गाईभैसीँ पनि पाल्छन् । स्थानीय र गोठालालाई मात्र होइन पछिल्लो समय ढोरपाटन हुँदै त्यहाँ पुग्ने पर्यटकलाई समेत मोबाइल फोन चार्ज गर्न समस्या थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट चार वटा सोलर प्यानल जडान गरेर एक साथ १५ वटा मोबाइल फोन चार्ज गर्ने मिल्ने व्यवस्था मिलाएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए । गाउँपालिकाले करिब रु. दुई लाख लागतमा गत साता सोलार प्यानल जडान गरेको उनको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भने, “घुर्जाघाटमा धेरै वर्ष अगाडिदेखि तमानखोलाका नागरिकहरू बस्दै आएका छन्, खासगरी बर्खाको बर्खामा सयौँ मानिसहरू यहाँ बस्ने र परिवारसँग टाढा हुँदा टेलिफोन गर्नेका लागि समस्या थियो, विद्युत् पुर्‍याउन निकै गाह्रो छ, त्यसले गर्दा यस वर्ष गाउँपालिकाले मोबाइल चार्ज गर्नका लागि सोलार प्यानलबाट भए पनि चार्जिङ स्टेसन राखेका छौँ, यसबाट हाम्रा नागरिक मात्रै नभई घुम्न आउने पर्यटकलाई समेत सहज हुने अपेक्षा लिएका छौँ ।”

ढोरपाटन शिकार आरक्ष र म्याग्दीको धौलागिरी गाउँपालिकासँग सिमाना जोडिएको गुर्जा घाटमा नेपाली सेनाको क्याम्पसमेत छ । स्थानीयले कतिपय अवस्थामा सेनाको क्याम्पमा पुगेर मोबाइल फोन चार्ज गर्नुपर्ने अवस्था थियो ।

आफू पनि भेडापालक किसान रहेको हुँदा गुर्जा घाटमा बस्ने सञ्चारबाट टाढा हुनु परेको भन्दै सोलार प्यानलबाट मोबाइल चार्ज गर्न मिल्ने भएपछि सहज भएको गाउँपालिकाका कार्यपालिका सदस्य ढालेन्द्र छन्त्यालले बताए । गाउँपालिकाले जुर्गाघाटमा स्थायी रूपमा बसोबास गर्दै आएका लोकबहादुर छन्त्यालको घरमा सोलर प्यानल जडान गरेको हो । यसको रेखदेख र संरक्षणको जिम्मासमेत लोकबहादुरलाई दिइएको छ ।