काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियुले अर्को जाहेरी पत्र बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा अर्को पत्र बुझाएको हो ।
मंगलबार बुझाएको पत्रमा शब्दमा त्रुटि भएकाले आज अर्को पत्र बुझाएको अखिलले जनाएको छ ।
अनेरास्ववियुले दिएको जाहेरी पनि प्रहरीले छानबिन आयोगमा पठाउने बताएको अखिललेको छ ।
यसअघि यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी पनि प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो ।







