२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षाकर्मीको नि: शुल्क आँखा परीक्षण

अ+ अ-

काठमाडौँ । विश्व दृष्टि दिवसका अवसरमा सुरक्षाकर्मीको नि: शुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघले आफ्ना देशभर रहेका अस्पताल, उपचार केन्द्र तथा सञ्चाल मार्फत सो सेवा प्रदान गरेको हो ।  

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले यस वर्षको विश्व दृष्टि दिवसका अवसरमा  नागरिक सेवामा अहोरात्र खटिने प्रहरीहरूको आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जाल मार्फत  नि:शुल्क आँखा परीक्षण गरिएको जानकारी दिए ।  

संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघद्वारा देशभरमा सञ्चालित २८  आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रहरूले स्थानीय प्रहरी कार्यालयहरुसँगको समन्वयमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

उनले भने, “हामीलाई प्रहरीले सुरक्षा दिएकै कारण ढुक्कले बस्न सकिरहेका छौ ।  हाम्रो सुरक्षामा खटिने उनीहरूको दृष्टि सुरक्षित हुँदा हाम्रो पनि सुरक्षा हुन्छ । यसैले यस पटक प्रहरीहरूको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइ रहेका छौ ।”’ 

संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले सार्वजनिक स्थलका सडक, धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्ने प्रहरीहरूमा आँखाको समस्या देखिने जोखिम बढी हुने भएकोले उनीहरूको आँखाको सुरक्षाका लागि आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताए । 

उनले भने, “नेपाल प्रहरी अग्र भागमा रहेर आम जनतासँग जोडिएको हुन्छ । यदि हामीले उनीहरूलाई आँखा स्वास्थ्यको महत्व र आवश्यकता राम्रोसँग बुझाउन सक्यो भने त्यो सन्देश छिट्टै आम जनमानसमा पुग्ने भएकाले पनि यो पटकको विश्व दृष्टि दिवसमा हामीले प्रहरी केन्द्रित आँखा जाँच कार्यक्रम सञ्चालन गर्‍यौ । ”

सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठनले संयुक्त रूपमा मनाउन सुरु गरेका थिए । 

विश्वदृष्टि दिवसले विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरूका सम्बन्धमा आम जन साधारणसम्म सूचना र जानकारीहरू प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढी प्रेरित र प्रोत्साहित गर्ने गरिन्छ । 

यस दिवसको उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रूपमा मानिएको पूर्ण वा आंशिक दृष्टिविहीनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरू (संघिय, प्रदेश तथा स्थानीय सरकार, तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरू) लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढी एकताबद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नु रहेको छ ।  साथै लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरूका बारेमा सचेतना अभिवृद्धि गराई अन्धोपनविरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ ।

विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरूका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरू प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी) ले संयुक्त रूपमा यो दिवस मनाउन सुरुआत गरेका थिए ।  यस वर्ष ‘आफ्नो आँखालाई माया गरौँ’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर विश्व दृष्टि दिवस मनाइदैछ ।