काठमाडौँ। काठमाडौँ महानगरपालिकाले तिहार लक्षित फूल बेच्नको लागि ठाउँ तोकेको छ ।
तिहारमा नेपाली किसानहरूले उत्पादन गरेको फूलहरू विक्री वितरणको लागि महानगर प्रहरी बलले विक्री स्थानहरू तोकेको हो ।
सरोकारवाला निकायहरूसँगको समन्वयनमा फूल बिक्री वितरणको लागि ३२ स्थान तोकिएको महानगर प्रहरीले जनाएको छ । महानगरले गत साल तिहारको समयमा फूल बेच्ने व्यापारीहरूको लागि सहजीकरण गर्दै आइरहेको छ । तोकिएको ठाउँबाहेक अन्त फूल बिक्री गरेको पाइए हटाउने गरिएको नगर प्रहरीले जनाएको छ ।








