काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरू बोल्ने क्रम नसकिएपछि शनिबार पनि बस्ने भएको छ ।
बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी भएपछि नेताहरू बोल्ने क्रम नसकिएकोले फेरि शनिबारका लागि बैठक बोलाइएको हो ।
मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताए । उनले आगामी २६ गते बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै साही पेरिफेरीमा छलफल भइरहेको पनि बताए ।







