काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोलुखुम्बु घर भएका निमा खुर्पा खत्रीलाई प्रहरीले काठमाडौँको नयाँ बस्तीबाट मंगलवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई यसअघि चोरी तथा डकैती गरेको अपरोपमा पक्राउ गरेका थिए । उक्त अपरोपमा पक्राउ गरी नख्खु कारागारमा पठाइएको थियो । उनी जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए ।







