२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीआईद्वारा विदेशमा बस्ने नेपालीलाई मत दिन हाइब्रिड मोडेल सिफारिस

अ+ अ-

काठमाडौँ । थिंक ट्यांक संस्था नेपाल पोलिसी इन्स्टिच्यूट (एनपीआई) ले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न हाइब्रिड मोडेल सिफारिस गरेको छ ।

निर्वाचन आयोगलाई ९ बुँदे नीति सिफारिस बुझाउँदै एनपीआईले अहिलेका लागि हाइब्रिड मोडल नै उपयुक्त हुने सिफारिस गरेको हो ।

फिलिपिन्सले २०२५ मा र मेक्सिकोले २०२४ मा गरेको अभ्यासबाट सिक्दै एनपीआइले हाइब्रिड मोडेल अन्तर्गत चार प्रमुख मतदान विधिहरू अवलम्बन गर्न सकिने बताएको हो । ‘दूतावासमा उपस्थित भएर प्रत्यक्ष रूपमा (पेपर ब्यालेट वा ईभीएम मार्फत) मतदान गर्ने, हुलाकमार्फत मतदान गर्ने, इन्टरनेटमा आधारित आई-भोटिङ प्रणाली प्रयोग गर्ने, र नेपालमै फर्किएर तोकिएको अवधिभित्र बहुदिवसीय मतदान गर्ने व्यवस्था’ गरी चार विधिहरू एनपीआईले सिफारिस गरेको हो ।

आई-भोटिङ दीर्घकालीन रूपमा नेपालका लागि सबैभन्दा उपयुक्त विधि भए पनि, आगामी सन् २०२६ को निर्वाचनमा छोटो समयमा विदेशमा रहेका धेरै नेपाली नागरिकलाई समेट्न यी चारवटा विधिको संयोजन (हाइब्रिड मोडेल)व्यवहारिक र प्रभावकारी हुने एनपीआईको भनाइ छ । ‘यस मोडेलले विदेशस्थित नेपालीहरूलाई लोकतान्त्रिक प्रक्रियामा व्यापक सहभागिताको अवसर प्रदान गर्नेछ,’ एनपीआईले भनेको छ ।

एनपीआई कार्यकारी सदस्य शरू जोशी श्रेष्ठको नेतृत्वमा, निर्वाचन आयुक्त डा। जानकी तुलाधर, निर्वाचन आयोगका सचिव महादेव पन्थलगायतलाई यस सम्बन्धमा जानकारी गराइएको संस्थाले जनाएको छ ।

नेपालको आप्रवासन प्रवृत्ति र सामाजिक-आर्थिक अवस्थालाई ध्यानमा राखी, फिलिपिन्स र मेक्सिको जस्ता देशहरूले परीक्षण गरेका विधि र प्रविधिहरूको प्रयोगमार्फत छोटो अवधिमै पनि आगामी २०२६ को निर्वाचनमा विदेशस्थित नेपाली नागरिकहरूलाई समेट्न सकिने स्पष्ट सम्भावना रहेको एनपीआइले जनाएको छ ।