२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

अ+ अ-

पर्वत । जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । चाप बढ्दै गएपछि बिरामीलाई शय्या अभाव भएको छ । 

बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले जानकारी दिए उपचारका लागि आउने अधिकांश बिरामी भर्ना नै गर्नुपर्ने किसिमका रहेका उनको भनाइ छ । 

पछिल्ला केही दिनयता ‘जनरल वार्ड’का शय्या बिरामीले भरिएपछि भर्ना गरेर राख्नुपनेलाई समेत आकस्मिक उपचारका लागि छुट्याइएका शय्यामा भर्ना गरेर राखिएको छ । डा बास्तोलाका अनुसार दैनिक तीन सय ५० जनाभन्दा बढी बिरामीको ‘ओपिडी’ र ‘इमर्जेन्सी’ कक्षमा उपचार गरिएको छ । एकै दिनमा तीन सय ९६ जनासम्मको उपचार गरिएको उनले बताए । 

पन्ध्र शय्याको अनुमतिप्राप्त प्रदेश अस्पतालमा अहिले ६४ शय्या सञ्चालन गरेर सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा रहेको कम जनशक्तिलाई परिचालन गरेर बिहान ७:०० देखि साँझ ७:०० बजेसम्म नै बहिरङ्ग सेवा प्रदान गरेर सेवा प्रवाह जारी छ । 

डा बास्तोलाले भने, “भर्ना गरेर राख्नेगरी ओपिडीमा रहेका २६ वटै शय्या भरिएका छन् । गर्मी समय सकिएर चिसो सुरु भइसकेको छ, यो बेलामा बिरामीको सङ्ख्या हरेक वर्ष बढ्छ ।” 

बहिरङ्ग विभागका बिरामीले नै आकस्मिक उपचारका शय्या भरिएपछि आकस्मिक उपचारका बिरामी आएको अवस्थामा बहिरङ्गका बिरामीलाई शय्या अभाव भएको हो । त्यस्तो अवस्थामा आकस्मिक कक्षमा बसेर उपचार सेवा लिइरहेका बिरामीलाई भुइँमा नै राखेर भए पनि आकस्मिक अवस्थाका बिरामीलाई सेवा दिनुपर्ने बाध्यता भएको उनको भनाइ छ । 

सिजनल फ्लुका कारण एकै दिनमा १८ जनासम्म बालबालिकालाई भर्ना गरेर उपचार गरिएको डा.एनिस श्रेष्ठले बताए । उनीहरूमा मुख्यगरी ज्वरो, रुघाखोकी, बान्तालगायत समस्या देखिएको छ । यस्तै ज्येष्ठ नागरिकमा दम तथा श्वासप्रश्वासको समस्या छ । अस्पतालको आकस्मिक उपचार कक्षमा मात्र दैनिक करिब ४० जनाले सेवा लिइरहेका छन् । आकस्मिक कक्षमा आउनेहरूमा ज्वरो, दमसहितका श्वासप्रश्वास, झाडापखाला, बान्ता र केही सवारी दुर्घटनाका घाइते छन् ।