काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य तोलामा दुई लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ८५ रुपैयाँले घटेर तोलामा ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।







