काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयमा प्रेस संयोजकसहित तीन जना नियुक्त गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले पत्रकार राम रावललाई प्रेस संयोजकमा नियुक्त गरेकी छन्। त्यसैगरी उनले सञ्चार विज्ञका रूपमा अरुण कटुवाललाई र युवा तथा सामाजिक विकास विज्ञका रूपमा प्रदीप ज्ञवालीलाई नियुक्त गरेकी हुन्।







