२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस्’ : गृहमन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न भनेका छन् ।

गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको बताए ।

सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको जवाफ छ, ‘‘तिनीहरू नै अहिले डुक्रिन थालेका छन् । क्रान्तिकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’

सुशासनको मामिलामा के-के गर्नुपर्छ सरकारले गर्ने गृहमन्त्री अर्यालको प्रतिबद्धता छ । उनको प्रतिप्रश्न छ, ‘सुशासनका लागि विद्रोह भएपछि हामीले सुशासन छोड्छ ?’

विगतमा जसले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेका थिए, जसले मापदण्ड विपरीत सुरक्षाकर्मी लगेका थिए उनीहरूले नै सरकारको कामको विरोध गरिरहेको उनले बताए ।

‘बर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनुभएको थियो, अरू काममा पनि लगाउनुभएको थियो,’ उनले भने, ‘सुरक्षाकर्मी लगेर, पिएसओ लगेर ड्राइभर बनाउनुभएको थियो ड्राइभरलाई दिने पैसा बचाउनलाई ।’

अनावश्यक सुरक्षा फिर्ता गरेपछि त्यसको विरोध स्वरूप समग्र रूपमै शान्ति सुरक्षा भएन भनेर भन्न थालिएको भन्दै उनले सरकार शान्ति सुरक्षाका लागि गम्भीर रहेको बताए ।

व्यक्तिगत रूपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ । निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाँडो निकास दिइने उनले बताए ।