काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेको बताएका छन् ।
गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘भत्किएका, नासिएका प्रहरी पोस्टहरू पुनर्स्थापना भइसकेका छन् ।’ कति प्रहरी पोष्ट भत्किएका थिए भन्ने विवरण भने उनले खुलाएनन् ।
यसका अलावा भागेका कैदी बन्दीहरूलाई फर्किन भनिएको र नफर्किएकालाई अब नियन्त्रणमा लिइने उनले बताए । खोसिएका हतियारहरू समेत फिर्ता गर्न भनिएको उल्लेख गर्दै उनले थपे, ‘फिर्ता भएनन् भने हामी अपरेसन नै चलाउँछौँ ।’
सुरक्षा दिने कुरामा सरकार संवेदनशिल रहेको उनले बताए ।
व्यक्तिगत रूपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ । निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाँडो निकास दिइने उनले बताए ।







