काठमाडौँ। दिग्गज प्रविधि कम्पनी गुगलले भारतमा एसियाकै सबैभन्दा ठूलो डेटा सेन्टर स्थापना गर्ने भएको छ ।
भारतमा आगामी ५ वर्षमा १५ अर्ब डलर लगानी गर्ने घोषणा गुगलले मंगलबार गरेको हो।
उक्त रकमले आन्ध्र प्रदेशको विशाखापटनममा एउटा विशाल डेटा सेन्टर तथा आर्टिफिसियल इन्टेलिजेन्स हब निर्माण गर्ने योजना गुगलको छ । गुगलका अनुसार भारतमा बन्ने त्यो डेटा सेन्टर अमेरिका बाहिर रहेको विश्वकै सबैभन्दा ठूलो एआई सेन्टरको हुनेछ।
गुगल क्लाउडका सिइओ थोमस केरियनले दिल्लीमा आयोजित सम्झौता कार्यक्रमका अवसरमा भनेका छन्: यो हाम्रालागि अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हबको लगानीको हो । भारत अब विश्वको प्रविधि हब बन्ने दिशामा तिव्र रूपमा अगाडि बढिरहेको छ ।







