२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूतहरू फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्ने प्रकाशशरण महतको दाबी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले अन्तरिम सरकारले छिनछिनमा विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा नै प्रतिकूल असर पर्ने देखिएको बताएका छन् ।

शुक्रबारको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘विभिन्न देशमा रहेका राजदूतहरू फिर्ता गरिएको छ । छिनछिनमा राजदूतहरू फिर्ताको कारण अन्तर्राष्ट्रिय सम्बन्धमा पनि धेरै प्रतिकूल असर पर्ने कुराहरू पनि आएको छ,’ नेता महतले भने ।

अहिले सम्पूर्ण शक्ति र ऊर्जा निर्वाचनमा खर्चिनु पर्नेमा अन्तरिम सरकारका प्रधानमन्त्री प्रतिशोध साँध्नेतर्फ लागेको उनको आरोप छ ।

शान्ति सुरक्षा सुनिश्चित गर्ने कुराप्रति सरकार गम्भीर नभएको भन्दै सरकारले निर्वाचन गर्ने विश्वसनीय आधार बनाउनुपर्ने उनले बताए ।

‘दलीय प्रतिनिधिहरूले निर्वाचन आयोगमा कुराहरू राख्नु भएको छ । अब निर्वाचन आयोगले कार्यतालिका ल्याएर मात्रै निर्वाचन हुँदैन । त्यसका लागि सरकारले शान्ति सुरक्षाको प्रत्याभूति सुरक्षित हुने वातावरण बनाउनु पर्छ । बैठकमा साथीहरूले पनि यस विषयमा गम्भीर रूपमा कुरा उठाउनु भएको छ,’ महतले भने ।