२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ शय्याको दुई आधारभूत अस्पताल सञ्चालनमा

अ+ अ-

तम्घास । देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । 

तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका अस्पताल शिलान्यास गरेको थियो । जसमा जिल्लाको चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाका दुई अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । 

पछिल्लो पटक चन्द्रकोट गाउँपालिका–६ मा बिहीबारदेखि आधारभूत अस्पताल सञ्चालनमा आएको हो । पालिका अध्यक्ष युवराज केसीका अनुसार गाउँपालिकाको विज्ञापनमार्फत एक र लुम्बिनी प्रदेशको छात्रवृत्ति करार एक गरी दुई जना एमबिबिएस् डाक्टरको व्यवस्था गरिएको छ । तुल्सीभक्त अर्जुन व्युल्डर्स जेभीले रु १३ करोड ६६ लाखमा भवन निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको थियो । 

अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरेलगायत ओपिडी सेवाहरू सञ्चालन हुनेछन् । गुल्मीदरबार गाउँपालिका–३ मा गत वैशाख २४ गतेबाट आधारभूत अस्पताल सञ्चालनमा आएको थियो । बिकोई अर्जुन न्यू लिजा गुल्मीले दुई वर्षअघि रु १२ करोड ९४ लाखमा भवन निर्माणको काम सकेको थियो । 

दुईजना एमबिबिएस डाक्टर लुम्बिनी प्रदेशको छात्रवृत्ति करारबाट आएको र अन्य जनशक्ति पालिकाले व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरेको छ । अहिले अस्पतालमा १२ जना जनशक्ति रहेको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए । गुल्मी दरबारको आधारभूत अस्पतालमा प्रसूति गराउने दुईजना जनशक्ति काजमा ल्याइएको छ । दुवै अस्पतालमा २४ सैँ घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, ल्याब, अक्सिजन, नि:शुल्क प्रसूति सेवा, गर्भपतनलगायतका सेवा सञ्चालनमा छन् । 

गुल्मी दरबारका स्वास्थ्य संयोजक अर्यालका अनुसार अहिले आधारभूत अस्पतालमा दैनिक ३० देखि ३५ जनाले सेवा लिइरहेका छन् । चन्द्रकोटमा बाग्लुङको बरेङसम्म र गुल्मी दरबारमा रेसुङ्गा नगरपालिकाको दुविचौरसम्मका नागरिकले सेवा लिएका छन् । “आधारभूत अस्पतालमा स्वास्थ्य बिमा लागू गर्न सकियो भने राम्रोसँग सञ्चालन गर्न सकिन्छ ।” गुल्मीदरबारका स्वास्थ्य संयोजक अर्यालले भने ।