२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समुद्रपारि दाजुभाइ, आँगनभरि ढकमक्क मखमली

अ+ अ-

काठमाडौँ । आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ । 

बौद्ध जोरपाटीकी सुमना बेल्वासेलाई जब तिहार आउँछ, समुद्रपारि पुगेका दाजुको सम्झना आँखाभरि छल्किन थाल्छ । उनी भन्छिन्, “दाइ हुँदा हुन त यी सबै मखमली टिपेर गलाभारी पहिरीदिन्थे ।” 

‘सम्बन्ध जति टाढा उति गाढा’, भनेजस्तै बेल्वासेले दाजु विदेशिएपछि तिहारको महत्त्व झनै मनन गरेकी छिन् । कोरियामा चार वर्षदेखि रोजगारी गर्न पुगेका दाजुले नै घर खर्च धानेका छन् । आर्थिक स्रोतको मुख्य भूमिका निर्वाह गरेका दाइको दायित्वप्रति उनी सधैँ हार्दिक भाव राख्छिन् । यद्यपि पर्वको बेला भने परिवारको सदस्य नहुँदा मन अमिलो हुने गरेको उनले सुनाइन् । विगतमा देउसी र भैलो खेलेर रमाइलो गरे क्षण सँगालेकी बेल्वासेले भनिन्, “दाइ अर्को वर्ष त आउँछ रे ।” 

विदेशिएका भाइको सम्झनामा तीन वर्षदेखि एक्लै तिहार मनाएकी ललितपुर डल्लुकी प्रिन्सा बस्नेतले भिडियो कलबाटै तिहार मनाउछिन् । डिजिटल माध्यम नभएको भए त झनै गाह्रो हुन्थ्यो । भिडियोमा मज्जाले गफिएर पर्वको अभाव गर्ने अवसरलाई उनले सकारात्मक लिएकी छिन्। तर, उनलाई विदेशिएको भाइ आँखै अगाडि देख्न पाए रमाइलो गर्ने थियौँ भन्ने लाग्छ ।  

हुनत बेल्वासेका आफन्ती दाजुभाइहरू छन् । जो साथमा छैन उसैको चासो बढी हुने रहेछ । उनी विदेशिएका दाइको निधारमा टीका लगाएर बहिनी र दाजुबीचको आत्मीयता साट्ने क्षणको प्रतीक्षामा छिन् । विगत तीन वर्षदेखि भिडियो कलमा तिहारको बेला मौखिक शुभकामना दिएर तिहार मनाउने गरेको उनले बताइन् । 

उनीजस्तै, परदेशी भाइलाई सधैँ तिहारमा सम्झिन बाध्य हुनुहुन्छ, भक्तपुरकी रोमा भट्टराई । भट्टराईका दुई दाजुभाइ छन् । कान्छो भाइ रोजगारीको सिलसिलामा कतार छन् । घरमै भएका दाजुको निधारमा सप्तरङ्गी टीका लगाउँदा भाइको समेत ख्याल नआउने कुरै भएन । उनी प्रत्येक तिहारमा भाइलाई भिडियो कल गर्दै  दाजुलाई तिहारमा टीका लगाएको दृश्य देखाउछिन्। “यस्तो बेला हाँसो र आँशु दुवै छल्किन्छ”, उनले भनिन्, “विदेशिएको भाइ र यही भएको दाजु एकैसाथ भएर तिहार मनाउने कहिले होला रु त्यही समयको प्रतीक्षामा छु ।” 

कोटेश्वर बस्ने गङ्गा कोइरालाले भने दुई वर्षअघि विदेशिएका दुई दाजुको महिमा टाढिएपछि झनै गाढा भएको बताउछिन् । रोजगारीका सिलसिलामा दुवै दाजु कतारमा छन् । उनीहरूले हरेक तिहारमा बहिनीको सम्झनामा तिहार दक्षिणा अथवा केही न केही उपहार पठाएकै हुन्छन् । कोइरालाले खाडीमुलुक पुगेका दुई दाजुप्रति माया भाव दर्शाउँदै भनिन्, “उहाँहरू यहाँ भइदिएको भए देउसीभैलो खेल्न पाउने थियौँ भन्ने लाग्छ ।”

वैदेशिक रोजगारको सामाजिक संरचना र मनोविज्ञानलाई समेत प्रभाव पारेको समाजशाास्त्रीहरू बताउँछन् । समाजशास्त्री डा.मीना पौडेलका अनुसार वैदेशिक रोजगारले जसरी समाजमा आर्थिक क्षेत्रमा रेमिट्यान्स भित्र्याएर योगदान दिएको छ । जस्तै, वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ । विदेशमा भएका र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ । 

उनी भन्छिन्, “वैदेशिक रोजगारले सामाजिक मूल्यमान्यता र संस्कृति जर्गेनाको भूमिका पनि खेलेको छ ।” यसलाई उनले सामाजिक पुँजी भनेर सम्बोधन गर्न उपयुक्त हुने बताउछिन् । आर्थिक रेमिट्यान्स भित्राएझैँ, वैदेशिक रोजगारले सामाजिक मूल्य र मान्यताको पुँजीमा पनि इँटा थप्ने काम गरेको छ भन्ने उनको बुझाइ छ । 

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या आठ लाख ३३ हजार पुगेको छ । गत वर्षको तुलनामा यस वर्ष एक लाखले बढेको छ । आव २०८०/८१ को तथ्याङ्क हेर्ने हो भने, सात लाख ३९ हजार ४९ पुरुष र ९३ हजार महिला वैदेशिक रोजगारमा गएको सरकारी तथ्याङ्क छ ।