२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरघरमै पुगे व्यापारी, बढ्यो फूलको मूल्य

अ+ अ-

भक्तपुर । यस पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ । घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो ।

भक्तपुरमा सबैभन्दा बढी फूल खेती हुने सूर्य विनायक नगरपालिका-७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर मूल्य बढी तिरेर फूल लिइरहेका छन् ।  

आइतबारदेखि तिहार सुरु हुँदैछ । तिहारको संघारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् । व्यापारीले आज एउटा मखमली फूलको माला रु. ८० मा बिक्री गरिरहेका छन् । गुण्डुका किसानबाट भने शुक्रवारसम्म मखमली फूलको प्रतिमाला रु. २२ देखि रु. २५ सम्म खरिद गरेका किसानहरूले जनाएका छन् ।

गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजबाट घरदैलोमा आएका व्यापारीले किसानबाट रु. ३० देखि रु. ३५ मै मखमली फूलको माला लिन थालेको र  बजारमा प्रतिमाला रु. ८० देखि रु ९० मा बिक्री गर्न थालेको बताए । किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेको उनले गुनासो गरे ।

चाँगुनारायण–९  का स्थानीय पुष्प कृषकले रु. ३० मा माला बिक्री गरेकामा तिहार आएसँगै मूल्य बढेको बताएका छन् । भक्तपुरको गुण्डुकी मीना नगरकोटीले १५ वर्षदेखि व्यावसायिक रूपमा फूल तथा माला बिक्री गर्दै आएका छन् । यस पटक तिहार आएसँगै व्यापारी र बिचौलिया नै प्रतिस्पर्धामा मूल्य बढाएर किसानको घरघरबाटै फूल उठाउन थालेको उनले बताए । 

स्थानीय उर्मिला नगरकोटी तिहारको बेला फूल र मालाको व्यापारबाटै एउटा परिवारले रु. एक लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्ने गरेको बताउँछिन्। उनका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा रु. पाँच करोडभन्दा बढीको फूल उत्पादन तथा बिक्री हुने गरेको छ ।

स्थानीय अनिता बस्नेतले यस वर्ष आफ्नो साडे दुई रोपनी जग्गामा गरेको फूल खेतीबाट रु. तीन लाख आम्दानी गरेको बताइन्। सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु. २० देखि रु. २५ सम्ममा बिक्री हुने गरेको उनले सुनाइन् ।

सयपत्री फूललाई पाथी तथा ढ्वांमा भरेर पनि बिक्री गरिन्छ । ढ्वांमा करिब तीन पाथीभन्दा बढी हुन्छ । किसानले सयपत्री ढ्वांको रु. सात सयसम्म बिक्री गरेको र बजारमा भने किलोमा रु. चार सयदेखि पाँच सयमा बिक्री हुने गरेको बस्नेतले बताइन् । 

यहाँका कृषकले एकै घरबाट रु. ३० हजारदेखि तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन् । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु. ४५० मा र मखमली फूलको माला रु. ७० मा बिक्री भइरहेको बताए । फूलको मूल्य भोलीबाट अझै बढेर आउने उनले बताए ।

यस वर्ष लामो झरी र वर्षातका कारण सयपत्री फूल मरेर उत्पादन कम भएपछि महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताउँछन् । उनले टनेल बाहिर खल्ला रूपमा भएका फूल खेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले मूल्य वृद्धि भएको बताए ।