२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री पाठक सुटुक्क फार्मेसीमा पुगेपछि…

अ+ अ-

बागलुङ । बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासोपछि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक आज फार्मेसीमा पुगे।

बिहीबार अस्पताल फार्मेसीमा पुगेका स्वास्थ्य बिमामा आबद्ध अधिकांश बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, उच्च रक्तचाप, सुगर र मुटुलगायतका बिरामीले औषधि नपाएको गुनासो समाचारसमेत सार्वजनिक भएको थियो । उनी आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिई अनुगमनमा आएका हुन् । 

सुटुक्क फार्मेसीमा पुगेका पाठकलाई फार्मेसीका कर्मचारीले सुरुमा चिन्न सकेनन् । मन्त्री पाठकले प्रदेश सरकारले औषधि खरिदका लागि पैसा पठाइसकेकाले किन औषधि खरिद नगरेको भन्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फार्मेसी इञ्चार्जलाई प्रश्न गरे ।

अस्पतालका स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल भएकाले अस्पतालमा औषधि अभाव बनाइराख्ने गरेको बिरामीको गुनासोपछि मन्त्री पाठकले निजी फार्मेसी र प्रयोगशाला रोज्ने कि अस्पताल रोज्ने भन्दै स्वास्थ्यकर्मीलाई प्रश्न गरेका थिए ।

उनसँगै बिरामीले प्रयोगशाला र फार्मेसीमा काम गर्ने अधिकांश कर्मचारीको अस्पताल बाहिर आफ्नै फार्मेसी र प्रयोगशाला रहेकाले मिलेमतोमा समस्या सिर्जना गरिएको गुनासो गरे ।

स्वास्थ्य मन्त्री पाठकले अस्पतालमा काम गरेर बाहिर प्रयोगशाला र फार्मेसी चलाउनेलाई कारबाही गर्ने भन्दै तुरुन्तै औषधिको आपूर्ति व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिए । पाठकले स्वास्थ्य मन्त्रालयले तत्कालै दोहोरो फाइदा लिने कर्मचारीलाई अस्पताल वा निजी फार्मेसी रोज्न निर्देशन दिएका छन् ।

“अस्पतालमा जागिर गर्ने तर निजी स्वार्थका लागि बिरामीलाई औषधि नदिएर बाहिर पठाउने कुरा गलत छ । प्रदेशले औषधि खरिदका लागि पठाएको रकमले छिटो औषधि खरिद गरौँ । मन्त्रालयले दुईतिर काम गर्ने कर्मचारीलाई कारबाही गर्न तत्कालै परिपत्र पठाउँछ”, मन्त्री पाठकले भने अस्पतालले समयमै औषधि नल्याउँदा बिरामी महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य भएका छन् ।