२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्समा पूर्व राष्ट्रपति दोषी ठहर

अ+ अ-

काठमाडौँ। फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ ।

उनी युरोपेली संघको इतिहासमा जेल सजाय भोग्ने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन् ।

सारकोजीलाई पेरिसस्थित ला सान्ते नामक कारागारमा राखिनेछ । उनलाई एकान्त कक्षमा राखिने जानकारी आएको छ, जसबाट अन्य कैदीहरूसँग प्रत्यक्ष सम्पर्क सीमित हुनेछ ।

यस व्यवस्थाबाट सम्भावित सुरक्षा जोखिम घट्ने विश्वास गरिएको छ । जेल प्रशासनका अनुसार, उनलाई दिनको एक पटक एक्लै बाहिरी प्रांगणमा हिँड्न दिने सुविधा दिइनेछ ।

सारकोजीले यस फैसलालाई ‘अन्यायपूर्ण’ भनी अस्वीकार गरेका छन् र अपिल दायर गरिसकेका छन् । तर, अदालतका अनुसार अपराधको प्रकृति ‘असाधारण रूपमा गम्भीर’ भएकाले अपिलका बाबजुद उनलाई कारावास पठाउने निर्णय लिइएको हो । उहाँका वकिलहरूले जेल प्रवेशपछि तात्कालिक रिहाइको माग गर्ने जनाएका छन् ।

पूर्व राष्ट्रपति सारकोजीले विगतमा पनि केही कानुनी चुनौतीहरूको सामना गरिसकेका छन् । एक मुद्दामा उनले एक न्यायाधीशबाट व्यक्तिगत फाइदा लिन खोजेको आरोपमा इलेकट्रोनिक निगरानीसहितको सजाय भोगेका थिए ।

हालको मुद्दामा उनीमाथि लिबियाली नेतासँग सन् २००५ मा अवैध आर्थिक लेनदेनको षड्यन्त्रमा संलग्न भएको आरोप थियो । यद्यपि, अदालतले उनलाई चन्दा प्राप्त गरेको प्रमाण नपाएपछि त्यसमा सफाइ दिएको छ ।

एक पछिल्लो सर्वेक्षण अनुसार, फ्रान्सका ६० प्रतिशत नागरिकहरूले अदालतको निर्णय उचित भएको बताएका छन् । यद्यपि, सारकोजी अझै पनि दक्षिणपन्थी समर्थकहरूबीच लोकप्रिय व्यक्तित्वका रूपमा रहेका छन् ।

उनका छोरा लुइस सारकोजीले सामाजिक सञ्जालमार्फत मंगलबार बिहान आफ्ना पिताको समर्थनमा घरअगाडि उपस्थित हुन आह्वान गरेका छन् ।