२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्किीको राष्ट्रपति ट्रम्पसँग आग्रह

अ+ अ-

एएफपी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो छिमेकी राष्ट्र रुस र यसका नेता भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न थप दबाब दिन आग्रह गरेका छन्। 

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, “हमास र पुटिनमा केही समानता छन् तर हमासभन्दा उनी निकै बढी बलियो छन्। यो अझ ठूलो युद्ध हो र उनी विश्वको ‘दोस्रो शक्तिशाली’ सेना (नेता) हुन्।”

उनले थपे, “यसैले बढी दबाब आवश्यक पर्छ।” जेलेन्स्की वाशिंगटनको यात्राबाट फर्किएपछि अन्तर्वार्ता प्रसारित भएको थियो । जेलेन्स्किीले अमेरिकाबाट लामो दूरीको टोमाहक मिसाइल आपूर्ति गर्न असफल भएका छन् । 

पुटिनसँग ट्रम्पको बढ्दो निराशाको फाइदा उठाउने आशामा जेलेन्स्कीले हप्तौँसम्म टोमाहक्स उपलब्ध गराउन अमेरिकासँग आग्रह गरेपछि ह्वाइट हाउसमा ट्रम्पसँग भेटेका थिए्, तर अलास्कामा भएको शिखर सम्मेलनले यस विषयमा सफलता हासिल गर्न सकेको थिएन ।

यसैबीच, आफ्नो अन्तर्वार्तामा युक्रेनी नेताले बुडापेस्टमा ट्रम्प र पुटिनबीच हुने भनिएको वार्तामा आफूलाई पनि समावेश गर्नुपर्ने जेलेन्स्किीले बताएका छन्। 

जेलेन्स्कीले भने, “यदि हामी वास्तवमै न्यायपूर्ण र दिगो शान्ति चाहन्छौँ भने हामीलाई यो त्रासदीका दुवै पक्ष चाहिन्छ । पुटिन बिस्तारवादी हुन् । युक्रेन पीडित छ र लडिरहेको छ। तर, निस्सन्देह: हामी बिना कसरी केही सम्झौताहरू हुन सक्छन्?”

जेलेन्स्कीको आइतबार प्रसारित एक अन्तर्वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उनीयुक्रेनमा हतियार पठाउन तयार हुन् भन्ने फेरि संकेत गरे ।

“हामीले एउटा कुरा सम्झनु पर्छ। हामीलाई पनि उनीहरूको आवश्यकता छ। तपाईँलाई थाहा छ, हामी हाम्रा सबै हतियारहरू युक्रेनलाई दिन सक्दैनौँ,” ट्रम्पले फक्सको सन्डे मर्निङ फ्युचर्समा मारिया बार्टिरोमोसँग भने ।

मस्कोले हालैका हप्ताहरूमा युक्रेनी नागरिक पूर्वाधारमा आक्रमण बढाएको छ र हजारौँलाई अँध्यारोमा बस्न बाध्य पारेको छ । बढ्दो चिसो ऋतुसँगै भएको यो आक्रमणले युक्रेनी बालबालिका र बूढाबूढीलाई चीसाले स्वास्थ्यमा पर्न सक्ने  चिन्ता बढाएको छ।