२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहज बन्दै नारायणघाट बुटवल सडक

अ+ अ-

नवलपुर (नवलपरासी) । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ। सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ । 

योजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटरबाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उनको भनाइ छ ।

 दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको भन्दै उनले अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको बताए । 

“दाउन्ने खण्डलाई पनि सहज बनाउनेगरी काम तीव्र रूपमा अगाडि बढेको छ”, उनले भने, “यो हिउँदसम्ममा राजमार्ग पूरै सहज बन्छ, त्यसपछि हामी राजमार्ग विस्तारको अन्य काममा जुट्नेछौँ ।” यस खण्डमा निर्माण हुने साना २२ तथा ठूला १२ मध्ये अरुणखोला र चोरमाराका दुई वटा ठूला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेका खनालको भनाइ छ । 

एकतर्फी कालोपत्र सकिएको ठाउँमा अर्कोतर्फी कालोपत्र तथा दुवैतर्फ कालोपत्र भएको स्थानमा सर्भिस लेन बनाउन, सडकको बीचमा डिभाइडर निर्माण गर्ने, सडक बिग्रिएको स्थानमा सहज बनाउने काम भइरहेको उनको भनाइ छ । 

सडक विस्तारको ठेक्का पाएका चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक इञ्जिनियर राकेश झाले अहिले नारायणघाटबाट बुटवल साढे दुई घण्टामा पुग्न सकिने बताए। “विगतको तुलनामा सडक एकदमै सहज बनेको छ, हामी सार्वजनिक बसमा साढे दुई घण्टामा बुटवलबाट नारायणघाट पुग्न सक्छौँ”, उनले भने, “थपिएको म्यादभित्र सडक निर्माण सम्पन्न गर्ने तयारीसाथ हामी फिल्डमा खटिएका छौँ ।” अहिले तिहारको बेला काम केही ढिला गतिमा बढेको भए पनि छठपछि भने सडकको विस्तारको काममा तीव्रता आउने उनले बताए । 

गैँडाकोट, देवचुली, चोरमारा, दाउन्नेलगायतका ठाउँमा अहिले काम भइरहेको उनको भनाइ छ । गैँडाकोट क्षेत्रमा सडकको दुईतर्फी कालोपत्र गर्ने काम भइरहेको उल्लेख गर्दै झाले दुईतर्फी कालोपत्र भइसकेको ठाउँमा भने सडकको बीचको डिभाइडर बनाउने काम भइरहेको जानकारी दिए। “केही ठाउँमा पुलको रेलिङ बनाउने काम अगाडि बढेको छ, केही ठाउँमा सडकको फिनिसिङ तथा सर्भिस लेन बनाउने कामसमेत सुरु भइसकेको छ”, उनले भने, “दाउन्नेको पहाडमा भने सडकलाई सहज बनाउन ढलानको काम तथा धुलो हटाउने काम र सडकको किनारमा पर्खाल लगाउने काम भइरहेको छ ।” 

अघिल्लो वर्ष यो समयमा यससडक पार गर्न सात घण्टासम्म लाग्ने गरेको भन्दै चालक अहिले भने यातायात धेरै सहज भएको बताउछन् । नारायणघाट बुटवल सडकमा गाडी चलाउँदै आएका गैँडाकोटका सङ्गम लम्सालले सडक सहज हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन सकिएको उनले बताए । “पोहोर परार यो सडक पार गर्न सात घण्टाभन्दा बढी समय लाग्थ्यो, एकतर्फी यात्रा गर्दा गाडी सर्भिसिङ गर्नुपर्ने अवस्थामा पुग्थ्यो”, उनले भने, “अहिले त यो समस्या हटेको छ, बाटो सहज हुँदा गाडीको मर्मत खर्चमा समेत कमी आएको छ ।” 

एसियाली हाइवेको मापदण्डमा विस्तार भइरहेको यस सडक विस्तारपश्चात् नारायणघाटबाट बुटवलको ११३ किलोमिटर दूरी ९० मिनेटमा छोटिने बताइएको छ । चार लेनमा विस्तार भइरहेको सडकको बजेट रु १७ अर्बमध्ये ८५ प्रतिशत रकम एशियाली विकास बैंक (एडिबी)ले १ दशमलव ५ प्रतिशत व्याजमा ऋण सहयोग उपलब्ध गराएको छ । विसं २०७९ साउनमा निर्माण सक्नेगरी विसं २०७५ माघदेखि सडक विस्तारको काम सुरु भएकामा चौथोपटक थप गरिएको म्याद आगामी साउन ८ गते सकिँदै छ ।