२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बराह क्षेत्रमा जंगली हात्तीको आतंक, धानबालीमा ठुलो क्षति

अ+ अ-

काठमाडौँ । सुनसरीको वराहक्षेत्र नगरपालिका-२ पुनर्वासमा भारतबाट आएका जंगली हात्तीको झुन्डले स्थानीय किसानको धानबालीमा ठुलो क्षति पुर्‍याएको छ। करिब ३० भन्दा बढी हात्तीको समूहले राति मानव बस्ती र खेतबारीमा पसेर बाली नष्ट गरेको स्थानीयले बताएका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हात्तीको झुन्डले बराहक्षेत्रका जब्दी, पुनर्वास, रेल्वे र नडाहा क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ।

स्थानीय किसानहरूले धान पाक्ने बेला हात्तीको प्रवेशले आर्थिक नोक्सानी बढाएको गुनासो गरेका छन्। किसानहरूले खेतमा तयारी अवस्थामा रहेका धान बाली नष्ट गरेको बताएका छन्। स्थानीय युवराज श्रेष्ठले हात्तीको विध्वंस नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीय प्रहरी र डिभिजन वन कार्यालयको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाइएको छ।