२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरी पुगेर ‘प्रचण्ड’ले भने : ‘जेनजी युवा र माओवादी मिलेर चुनाव लड्नुपर्छ’

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवा र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन्।

महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी युवा र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुने बताएका हुन्।

‘अब जेनजी युवाहरू र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्,’ उनले भने, ‘अरू कसैले जेनजीका माग पूरा गर्दैनन्।’

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा विगतदेखि नै माओवादीले उठाउँदै आएको चर्चा गरेका ‘प्रचण्ड’ले यसको विरुद्धमा रहेकाहरूले जेनजी युवाहरूका भावना बुझ्न नसक्ने बताए।

‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा छ। जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा छ। जो समावेशी लोकतन्त्रको विरुद्धमा छ। उनीहरूले जेनजी युवाहरूको भावनालाई बुझ्न सम्भव छैन,’ उनले थपे, ‘यसकारण मैले पेरिसडाँडाबाट पनि पत्रकारहरूसँगको कुराकानीमा पनि जेनजी युवाहरूलाई लगातार अपिल गर्दै आएको छु।’

पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो मित्र र बैरी चिन्न पनि जेनजी युवालाई आग्रह गरे। ‘आजका जेनजी युवाहरूले आफ्नो मित्र र दुश्मन को हो चिन्न सक्नुपर्‍यो। आफ्ना अभिभावक र मित्रलाई दुश्मनजस्तो, दुश्मनलाई मित्र जस्तो ठान्ने हो भने त्यो भन्दा ठुलो दुर्भाग्य यो देशको लागि केही हुन सक्दैन,’ ‘प्रचण्ड’ले भने।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा माओवादी प्रवेश गरिएको थियो। त्यसतर्फ इंगित गर्दै ‘प्रचण्ड’ले खादा लगाइदिँदा थाक्ने गरी पार्टी प्रवेश भएको र तीमध्ये ६० प्रतिशत जति जेनजी पुस्ता भएको बताए।

उनले जनयुद्ध र जनआन्दोलन गर्दा आफू पनि जेनजी नै भएको दाबी गरे। उनले भने, ‘मैले कहिलेकाहीँ भन्छु, हिजो हामीले जनयुद्ध र जनआन्दोलन गर्दा जेनजी नै थियौँ। आज मधेशमा सयौँको संख्यामा पहिलो चोटि जेनजी आन्दोलनपछिको अति भव्य सार्वजनिक कार्यक्रममा सयौँ-सयौँ, हजारौँ वरिपरि, ६० प्रतिशत जेनजी युवाहरू कुन पार्टीमा प्रवेश गरे ? माओवादी केन्द्रमा।’