२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन

अ+ अ-

दमौली । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु, तनहुँले सिँचाइ र पहिरो नियन्त्रणका लागि रु १५ करोडभन्दा बढीको बजेटका विभिन्न योजना सञ्चालन गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कुल रु १५ करोड ७५ लाखका योजना कार्यान्वयनमा छन्।

आयोजना प्रमुख सुपिन्द्र खत्रीका अनुसार पाँच वटा ठूला आयोजना प्रत्येकमा रु. तीन-तीन करोड बजेट विनियोजन गरिएको छ। ती योजनामा देवघाट गाउँपालिका-५ स्थित दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, जरायो खोला नहर सिँचाइ आयोजना, व्यास नगरपालिका-६ शिशाघाट उपत्यका लिफ्ट सिँचाइ आयोजना, भानु नगरपालिका-४ भानु चुँदी वराह सिँचाइ आयोजना र शुक्लागण्डकी नगरपालिकास्थित टार बजार संरक्षण कार्यक्रम समावेश छन्।

त्यसैगरी, देवघाट गाउँपालिका-५ गलेश्वर आश्रम तातोपानी पहिरो नियन्त्रणका लागि पनि रु तीन करोड बजेट विनियोजन गरिएको छ। साथै, मस्र्याङ्दी र दरौदी नदी नियन्त्रणका लागि थप रु ७५ लाख विनियोजन गरिएको खत्रीले दिए ।

आयोजनाले हाल तनहुँसँगै लमजुङ, मनाङ र गोरखा जिल्लामा पनि काम गरिरहेको छ। यस कार्यालयको सुरुवात आर्थिक वर्ष २०७५/७६ मा ‘पालुङटार-कुण्डुटार सिँचाइ आयोजना’का रूपमा गरिएको थियो। पछि यसको कार्यक्षेत्र विस्तार गरी आर्थिक वर्ष २०८१/८२ मा सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय, गोरखा नाम दिइयो। चालु आर्थिक वर्ष २०८२/८३ बाट कार्यालय स्थानान्तरण भई अहिलेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भानु तनहुँ नाम दिइएको हो।

आयोजनाले चार जिल्लामा रहेका विभिन्न सिँचाइ संरचना निर्माणका साथै दरौदी, दोर्दी र मस्र्याङ्दी नदी क्षेत्रमा डुबान र कटानबाट प्रभावित वा जोखिमयुक्त स्थानमा तटबन्ध, स्पर र रिभेटमेन्ट निर्माण, जग्गा उकास, र नदी नियन्त्रण कार्य गर्दै आएको छ। साथै, सिँचाइ तथा नदी व्यवस्थापनसम्बन्धी अध्ययन र सर्भेक्षण कार्य पनि नियमित रूपमा सञ्चालन भइरहेको प्रमुख खत्रीले बताए। रासस