काठमाडौँ । भारत र अमेरिकाबीच चाँडै नै व्यापार सम्झौता हुने सम्भावना बढेको छ। एक रिपोर्टअनुसार भारतका छानिएका वस्तुहरूमा लाग्ने ५० प्रतिशत भन्सार शुल्क घटेर १५ प्रतिशतसम्म हुन सक्छ।
व्यापार सम्झौतासँग जोडिएका स्रोतहरूका अनुसार ऊर्जा र कृषि क्षेत्र वार्ताको टेबुलमा सबैभन्दा महत्त्वपूर्ण छन्। भारतले यी क्षेत्रहरूमा केही छुट दिन सक्छ।
अमेरिकी वार्ताकारहरूले दाबी गरेअनुसार, भारतले बिस्तारै रूपसी कच्चा तेलको खरिदमा कमी ल्याउन सक्छ। साथै, अमेरिकाबाट नन्जी-एम (जेनेटिकल्ली मोडिफाइड नगरिएको) मकै र सोयामिलको लागि बजार खोल्न सक्छ।
तीव्र रूपमा बढेको घरेलु पोल्ट्री, डेरी र इथेनोल उद्योगमा अमेरिकी उत्पादनहरू खपत हुने भारतको विश्वास छ र यसले भारतीय किसानहरूको हितलाई प्रभावित पार्ने छैन। हाल भारतले वार्षिक रूपमा करिब ५ लाख टन मकै अमेरिकाबाट आयात गर्छ।
रिपोर्टअनुसार भारतले अमेरिकी पक्षलाई नन्-जीएम मकैमा हालको १५ प्रतिशत करलाई कम नगरिने स्पष्ट रूपमा बताइसकेको छ ।
अमेरिका भारतमा प्रिमियम चिज ९पनिर० लाई पनि प्रवेश दिनका लागि दबाब दिइरहेको छ, तर भारत यसमा हाल सहमत छैन।
ट्रम्पले भारतमाथि अप्रिलमा २५ प्रतिशत र फेरि रुसबाट कच्चा तेल लिएकोमा २५ प्रतिशत जरिवाना लगाएर कुल ५० प्रतिशत भन्सार शुल्क लगाएको छ ।







