२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहार सकिएसँगै सुदूरपश्चिममा शक्तिपीठ जात्राको रौनक सुरु

अ+ अ-

काठमाडौँ । दसैँ र तिहारजस्ता ठुला पर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु भएको छ । कार्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङलगायत जिल्लाका शक्तिपीठ तथा मन्दिरहरूमा जात्रा लाग्ने गर्दछ ।

कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए।

कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको दार्चुलाको लेकमका नरेन्द्र रावलले बताएका छन् ।

कार्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती, बाह्र ज्योर्तिलिंगमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मौलेली भगवती, फाल्ङासैनी भगवती, शिवनाथ, महारुद्र, त्रिवणीधाम (राताशीला), गणमेश्वर, जगन्नाथ मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै कफलाशैनी भगवती, जगन्नाथ, सिगास धुरा, सनशेर, सुरपाल, अनिरुद्रलगायत मन्दिरहरूमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गर्दछ ।

यस्तै दार्चुलामा रहेको मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा जात्रा लाग्ने गर्दछ । लटिनाथ मन्दिर बन्तोलीमा कार्तिक शुक्ल द्वितीयाको राति जात्रा लागिसकेको छ । यस्तै, डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।

डोटीमा रहेको बडिकेदार मन्दिरमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गरेको स्थानीयहरूले बताएका छन् । त्रिपुरा सुन्दरी भगवती, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ भने मौलेली भगवती, फाल्ङासैनी भगवती, उग्रतारालगायत मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस्तै जगन्नाथ र गणमेश्वर मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । यहाँ लाग्ने जात्रामा दर्शन गर्न सीमावर्ती भारतीय नागरिक पनि आउने गर्दछन् ।

बैतडीको त्रिपुरा सुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा दर्शन गर्न सीमावर्ती भारतीय नागरिक पनि आउने गरेका स्थानीय नरेन्द्र थापाले बताएका छन् ।

जात्राकै लागि भनेर कैलाली कञ्चनपुरमा बसाइँ सरेकाहरू पनि जाने गरेका छन् । देवीदेवताका मन्दिरमा लाग्ने सामूहिक जात्राले सामाजिक, आत्मीयता र भ्रातृत्वको भावना बढाउने विश्वास गरिएको छ ।