काठमाडौँ । तिहारपछि खुलेको सेयर बजार प्रारम्भिक कारोबारका क्रममा घटेको छ । पहिलो एक घण्टामा नेप्से परिसूचक २५.५२ अंक घटेको छ ।
सो गिरावटसँगै नेप्से २४७८ मा कायम भएको छ । पहिलो एक घण्टासम्म २६ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ भने ९ को स्थिर छ । यतिबेलासम्म जम्मा ६० करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।
सबै सेक्टरका सूचक घटेका छन् । होटेल तथा पर्यटन २ प्रतिशतभन्दा धेरै घटेको छ । विकास बैंक, फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा, लगानी तथा माइक्रोफाइनान्स समूह १ प्रतिशतभन्दा धेरै घटेका छन् ।
उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै २.२ प्रतिशत बढेको छ । त्यस्तै तारागाउँ रिजेन्सी (हायात होटेल)को मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत घटेको छ । भगवती हाइड्रोपावरको ८, हिमालयन पावर पार्टनरको ८ तथा एसियन हाइड्रोपावरको ६ प्रतिशत मूल्य घटेको छ ।
पहिलो एक घण्टासम्म धेरै कारोबार भएका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर र हिमालयन पावर पार्टनर छन्।







