२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिबासमा व्रतालुले घरआँगनमै बनाए छठघाट

अ+ अ-

काठमाडौँ । बर्दिबास नगरपालिका-२ लच्काका उमेश महतोले छठ मनाउन घरआँगनमा नै घाट बनाएका छन् ।

बर्दिबास-जलेश्वर सडक छेउकै घरअगाडि महतोले छठघाट बनाएका छन् । बस्ती वरिपरिका कतिपय पोखरी र डबरा (सानो पोखरी) मा पानी सुकेका र नदी निकै टाढा भएपछि आँगनमा नै घाट निर्माण गर्नुपरेको उनको भनाइ छ ।

यस्तै यसै बस्तीकी पवित्रा रेग्मीले पनि घरआँगनमा छठघाट बनाएका छन् । बर्दिबास-१४ को लच्कास्थित ब्रह्मस्थान परिसरमा त्यहीँ वरपरका बर्तालुका परिवारले सामूहिक रूपमा घाट बनाएका छन्।

नजिकको हटिया पोखरीमा निर्मित घाटमा ठाउँ नपुगेपछि पछिल्ला तीनरचार वर्षदेखि यहीँ नै रातु नदीबाट कुलोमा आएको पानी खाल्डा बनाएर जम्मा गरी घाट निर्माण गरिँदै आइएको बर्तालु मञ्जु साह सोनार बताउँछन् ।

यसरी घर नजिक घाट बनाइएका ठाउँमा पानी जम्ने ठाउँ बनाइएको छ । कतिपयले भने घाटमा नावरं (गाईवस्तुलाई पानी र खाना ख्वाउन बनाइएको सिमेन्टको एक प्रकारको भाँडा) मा पानी भरेर पर्व गर्ने तयारी गरेका छन्।

पर्वमा बर्तालुले पानीमा चोबलिएर सूर्यदेवलाई अर्घ्य दिने परम्परा छ । यसैले घरआँगनमा घाट बनाउनेहरूले चारैतिर लिसो माटोको घेराबेरा गरेर पानी जमाएका छन् । यसैगरी नावर घाटमा राखेर पानी भर्नेको सङ्ख्या निकै बढेको छ ।

महोत्तरीको उत्तरी क्षेत्रमा धेरैजसो पोखरी गेग्रान बलौटे माटो हुँदा बर्खा सकिने बित्तिकै सुक्छन् । पछिल्ला केही वर्षयता खोल्साखोल्सीमा पानी देखिन छाडेको छ । बस्ती नजिकका पोखरी/तलाउ, नदी र खोल्साखोल्सीमा पानी मरेपछि घरआँगनमा घाट बनाउनु परेको बर्तालु र परिवारजनको भनाइ छ।

‘जस्तो समय आइपर्छ, त्यस्तो गर्नै पर्‍यो, के गरौँ ? नजिकका पोखरी र पानीका डबरा यसपालि छठअघि नै सुके, रातु नदीमा पनि पानी धेरै छैन, त्यो पनि टाढा छ’, बर्दिबास-२ की बर्तालु पवित्रा रेग्मी भन्छन्, ‘त्यसैले घरआँगनमा नै घाट बनाएर पर्व मनाउनतिर लाग्यौँ।’

जिल्लाका बर्दिबास, भङ्गाहा र गौशाला नगरक्षेत्र उत्तरी भेगका हुन् । अहिले यी तीनवटै नगरपालिकाका अधिकांश बस्तीमा घरआँगनमै छठघाट बनाउने चलन निकै बढेको छ । बर्दिबास-६, ७, ९, १२ र १३ का बस्तीमा घरअगाडिका इनार छेउमा घाट बनेका छन्।

यसैगरी भङ्गाहाका वडा नं ४ र ५ का बस्तीहरूमा पनि इनार नजिक घाट बनाएर नावरमा पानी भरेर पर्व मनाउने तयारी देखिँदो छ । पछिल्ला वर्षहरुमा नयाँ पुस्ताका युवायुवती निकै टाढाका घाटमा जान झिँजो मान्न थालेपछि यसरी घरआँगनमै बनाउनु परेको बताउने पनि भेटिएका छन् ।

‘पहिले-पहिले टोलटोलकै स–साना डवरा पानीले भरिएका हुन्थे, सजिलो थियो, अब यी डबरामा पानी हुँदैन, त्यसैले आँगनको इनार छेउमै घाट बनाएका छौँ’, भङ्गाहा–४ रामनगरका ६० वर्षीय गंगाराम महतो भन्छन्, ‘यसरी पर्व गर्न थालिएको पनि सात/आठ वर्ष नाघ्यो।’ यसरी घरआँगनका घाटमा नुहाएर अर्घ्य देखाइए पनि कम्मरसम्मको पानीमा चोबलिन भने नमिल्ने गंगाराम बताउँछन् ।

छठ पर्वमा जलाशयको ठूलो महत्व हुन्छ । पोखरी वा नदीमा दह झैँ बनेको कम्मरसम्म डुब्ने पानीमा चोबलिएर सूर्यदेवलाई अर्घ्य दिने पुरानो मिथिला परम्परा हो । तर पछिल्ला केही वर्षयता नदीमा पानी चल्न छाडेको, पोखरी/तलाउ कतै सुकेका र कतै फोहर थुपारिएर दुर्गन्धित बनेपछि पर्व परम्परा थेग्न अब ‘नावर’ र इनार छेउमा बनाइएका खोबिल्टाको भर पर्नु परेको बर्तालुको भनाइ छ।

प्रकृति पूजाको छठ परम्परा अब केही वर्षपछि घरघरका धारा वा स्नानघरमा पुग्ने छाँट देखिन थालेको पाका मैथिल चिन्ता व्यक्त गर्छन् । मुख्य रुपले जलाधारक्षेत्र मासिँदै जानु र नदीमा पानी चल्न छाडेपछि इनार, चापाकल र बोरिङको जलसतह पनि गहिरिँदै गएको छ।

मधेसको शिरमा रहेको चुरे पर्वत र यसका श्रेणी एवम् नदी क्षेत्रमा बढ्दो अनियन्त्रित उत्खनन र वनजंगलको विनाशले पानीका स्रोतका मुहान सुक्दै जाँदा यो संकट बढेको चुरे विज्ञ डा. विजयकुमार सिंहको भनाइ छ।

गत शनिबार सुरु भएको छठ पर्वको तेस्रो दिन बर्तालु आज निराहार व्रतमा छन् । बर्तालुले आज साँझ अस्ताउँदा र भोलि बिहान उदाउँदा सूर्यलाई घाटमा उभिएर अर्घ्य दिनेछन् ।