२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको रक्षा र अराजकताविरुद्ध अर्घाखाँचीमा एमालेको सद्भाव र्‍याली

अ+ अ-

काठमाडौँ। नेकपा एमाले अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् सद्भाव र्‍यालीको आयोजना गरेको छ ।

देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासका विरुद्ध जिल्ला सदरमुकाम सन्धिखर्कमा सद्भाव र्‍याली निकालिएको हो ।

र्‍यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट एमालेका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सद्भाव र्‍यालीले सन्धिखर्क बजारका विभिन्न भागको परिक्रमा गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टी नेता चेतनारायण आचार्य, केन्द्रीय नेता सूर्य थापा, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय नेताहरूको सहभागितामा सद्भाव र्‍याली निस्किएको हो ।

संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र ऐक्यबद्धताको सन्देश सद्भाव र्‍याली मार्फत दिइएको एमाले अर्घाखाँचीले जनाएको छ ।