२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठ पर्वको अवसरमा मन्त्री-सचिवको छठघाट दर्शन: मटिहानीमा भव्य स्वागत र लक्ष्मी नारायण मठमा पूजा

अ+ अ-

मटिहानी । छठ पर्वको अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हाले आज महोत्तरी जिल्लाका मटिहानी, तुलसियाही र मधवापुरस्थित प्रसिद्ध छठघाटहरूको दर्शन तथा अवलोकन गरेका छन्।

मन्त्रीहरूसँगै गृहसचिव रामेश्वर दंगाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर पनि सहभागी रहेका थिए।

मटिहानी आइपुगेका मन्त्री तथा सचिवहरूलाई मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले स्वागत तथा सम्मान गरेका छन्।

नगर प्रमुख मण्डलले छठ पर्वको शुभकामना व्यक्त गर्दै स्थानीय विकास र सांस्कृतिक संरक्षणमा सरकारको सहयोगको अपेक्षा व्यक्त गरे।

यस अवसरमा मन्त्री र सचिवहरूले मटिहानीको प्राचीन तथा प्रसिद्ध लक्ष्मी नारायण मठमा पुगेर पूजा–अर्चना गरेका छन्।
मठका पुजारीहरूले तिलक लगाएर स्वागत गर्दै छठ पर्वको धार्मिक महत्त्वबारे जानकारी गराएका थिए।

स्थानीयवासीहरूले मन्त्रीहरूको यो अवलोकनलाई छठ पर्वलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित गर्ने प्रयासको रूपमा अर्थ्याएका छन्।

छठ पर्व, जसलाई सूर्य आराधनासँग जोडिएको हिन्दूहरूको प्रमुख चाडका रूपमा मनाइन्छ, यस वर्ष पनि देशभर उत्साहपूर्वक मनाइँदै छ।

मन्त्रीहरूको यस भ्रमणले स्थानीय छठघाटहरूको व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा थप ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ।