२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई महिनामा दुई सचिवले कार्यकाल बाँकी रहँदै दिए राजीनामा

अ+ अ-

काठमाडौँ । पछिल्लो दुई महिनामा दुईजना सचिवले कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले मंगलबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् । उनी गत २०८० साल वैशाख २१ गते पाँच वर्षका लागि राष्ट्रिय सभाको सचिवमा नियुक्त भएका थिए । तर, साढे दुई वर्षमै उनले पद छोडेका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार सचिव अर्यालले ‘सचिवको पारिश्रमिक, सेवा, सर्त र सुविधा सम्बन्धी ऐन, २०७५’ को दफा ६ खण्ड (क) बमोजिम राजीनामा दिएका हुन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेवा र सर्त सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुने गरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ।”

अर्याल राष्ट्रिय सभाका सहसचिवबाट बढुवा हुँदै सचिव बनेका थिए । तर, जिम्मेवारी पाएको साढे दुई वर्षमै उनले पदबाट अलग हुने निर्णय गरेका हुन् ।

यसअघि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले पनि १० भदौदेखि लागू हुने गरी राजीनामा दिएका थिए । पुष अन्तिम सातासम्म जागिर अवधि बाँकी रहे पनि उनले चार महिना अघि नै राजीनामा दिएर सरकारी सेवाबाट अलग भएका हुन् । सुवेदीको राजीनामा मन्त्रिपरिषद्को १० भदौको बैठकले स्वीकृत गरेको थियो ।

पछिल्लो समयमा सचिव स्तरका अधिकारीहरू कार्यकाल पूरा हुनुअघि राजीनामा दिने क्रम देखिँदै आएको छ ।