२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै

अ+ अ-

महोत्तरी । मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै छ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा छ । यसैअनुसार यो पर्व सामूहिक भोजन गर्दै रमाइलो चाडबाडमा रूपमा मनाउने गरिन्छ ।  

 यस पर्वमा अमला (धातृ) को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ ।  यसका लागि  एक दिन पहिलेदेखि नै यहाँ सामूहिक भोजनको तयारी हुन्छ । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमा नै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ । घर नजिक आँगन वरपर नै अमलाको रूख हुनेहरू दिनभरि विभिन्न परिकार पकाएर रात परेपछि सपरिवार खान्छन् । खाना पकाउँदा वा खाने समयमा अमलाका पात खानेकुरामा पर्दा राम्रो हुने जनविश्वास छ । 

 पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउन सबैलाई उत्प्रेरित गर्न यो पर्व परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णव बताउँछन्।

“धातृ (अमला) अत्यन्त गुणकारी फल मानिन्छ, जाडो याममा यसको सेवनले कैयौँ रोगसँग जुध्ने क्षमता बढाउँछ,” उनी भन्छन्, “यही हितकारी सन्देशका लागि पूर्वजहरूले यो पर्व परम्परा चलाएका हुन् ।”

यस अवसरमा खास गरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिने गरेका छन् ।  सांस्कृतिक  तथा पारम्परिक चाडबाडमा पछिल्लो पुस्ताको सहभागिता बढ्नु यसको संरक्षणका लागि महत्त्वपूर्ण हुने धेरैको बुझाइ छ । यसरी किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना,  विकास र निरन्तरता पाउने जलेश्वर–५ पतैलीका संस्कृतिविद् ध्रुव रायको भनाइ छ । खानेकुरामा अमलाको नियमित  प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि पनि सहयोगी भएको बर्दिबास–१२ बिजलपुराका बासिन्दा वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले बताए ।

यस पर्वसँग जोडेर मिथिलामा द्वापर युगकालीन कथा पनि प्रचलनमा छ । कात्तिक शुक्ल नवमीका दिन भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश बध गर्न पूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वास गरिन्छ । यसैले यस दिनलाई कुष्माण्ड नवमी भनिएको संस्कृतिविद् रायको भनाइ छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रूखमा बस्ने हिन्दु मैथिल जनविश्वास  छ । यस दिन भगवान् विष्णुको आराधनाले कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने हिन्दु मैथिल मान्यता छ । यसैले यो दिनलाई अक्षय नवमी भनिन्छ । यसै गरी, श्री विष्णुको आराधनाले इच्छित कामना पूरा हुने हुँदा इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व  स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेको उनको भनाइ छ ।