२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विप्लव’को पार्टीमा महासचिवबाहेक सबै पद खाली पाइएपछि आयोगले माग्यो विस्तृत विवरण

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल (कपाने) ले निर्वाचन आयोगमा दिएको निवेदनमा सबै पद खाली रहेको पाइएको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा मंगलबार आयोगसमक्ष दल दर्ताको निवेदन दिइएको थियो । निर्वाचन आयोगका एक पदाधिकारीका निवेदनमा महासचिव विप्लवले हस्ताक्षर गरेका छन् भने केन्द्रीय सदस्य चिरञ्जीवी ढकाललाई दल दर्ताका लागि अख्तियारी दिइएको छ । त्यो बाहेक दल दर्ताका लागि पुर्‍याउनु पर्ने प्रक्रिया तथा विवरण सबै खाली रहेका ती पदाधिकारीले जानकारी दिएका छन् । दलको नाम सुरक्षित गर्नका लागि मात्रै उक्त पार्टीले निवेदन पेश गरेको उनको भनाइ छ ।

निवेदनमा पार्टी गठन भएको मिति, केन्द्रीय समितिबाट भएको निर्णय, कार्यालय ठेगाना, पार्टीको छाप र चिन्ह तथा झण्डाको विवरणसमेत खाली राखिएको छ । पार्टीको महासचिवदेखि, स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य कति संख्यामा रहने र को-को रहने भन्ने पेश गरिएको छैन । विधानमा पनि उल्लेख नगरेको पाइएको छ ।

पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म कस्तो संरचना रहने मात्रै विधानमा प्रस्ताव गरिएको छ । प्रस्तावित विधानमा केन्द्रीय समितिमा महासचिव, स्थायी कमिटी र पोलिटब्युरो, प्रदेशमा सचिव, सचिवालय सदस्य, जिल्लामा सचिव, सचिवालय सदस्य र सदस्य रहने प्रस्ताव गरिएको छ । तर, संख्या खुलाइएको छैन ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५ अनुसार दल दर्ता गर्नका लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित तोकिएका विवरण तथा कागजात संलग्न गरेर तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ ।

जसमा दलको विधान, घोषणापत्र, झण्डा, चिन्हको नमुना, कम्तीमा ५ सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र उनीहरूको नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपि सहितको हस्ताक्षर पेश गर्नुपर्छ । साथै प्रतिबद्धता जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था गरेर पेश गर्नुपर्छ ।

आयोगका अर्को एक पदाधिकारीका अनुसार अख्तियारी दिइएका व्यक्तिलाई सम्पर्क गरेर तत्काल खाली विवरण पेश गर्न आयोगले जानकारी गराइसकेको छ । ती व्यक्तिले चाँडै विवरण पेश गर्ने बताएका छन् ।