२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आग्रह

अ+ अ-

काठमाडौँ । चन्द्रसूर्य अंकीत नेपालको राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आग्रह गरिएको छ ।

पूर्वमन्त्रीहरू ज्वालाकुमारी शाह, भगवती न्यौपाने, पूर्वराज्यमन्त्री विमला विक र राष्ट्रिय सभाका सांसद भैरवसुन्दर श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरू पार्वती रावल, पार्वती विशुंके, अइन्द्रसुन्दर नेम्वाङ, सूर्य ढकाल, हरि राजवंशी, अफिलाल ओखडा, गोविन्द थापा र लेखक तथा विश्लेषक प्रा डा योगेन्द्र गुरुङ, डा. पदम खतिवडा र सौरमराज तुलाधरलगायतले आज संयुक्त अपिल जारी गरी पछिल्लो समयमा नेपालको झण्डाको दुरुपयोग भएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । 

उनीहरूले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड, डकैती, चोरीलगायत घटनामा पक्राउ परेकाले राष्ट्रिय झण्डा ओढेर झण्डाको दुरुपयोग गरेका भन्दै यसरी दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने मागसमेत गरे । 

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आह्वान गर्दै अपिलमा लेखिएको छ, “राष्ट्रिय झण्डा हाम्रो एकताको प्रतीक हो, आफ्ना विचार तथा मुद्दा स्थापित गराउन राष्ट्रिय झण्डा प्रयोग गर्नु किमार्थ झण्डाको सम्मान गरेको र मर्यादा राखेको ठहर्दैन । निहित स्वार्थ राखेर राष्ट्रिय झण्डाको प्रयोग गर्ने कार्यलाई निषेध गरिनुपर्छ, आफ्नो निहित मुद्दा स्थापित गर्न राष्ट्रिय झण्डा देखाएर, झण्डा अगाडि सारेर जनतालाई भावनात्मक रूपमा बहकाउमा पार्नु अनैतिक हो ।”