२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

अ+ अ-

खोटाङ । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् । 

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताए । “मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ । पाक्न लागेको अवस्थामा सबै ढलेर सोतर भएको छ”, उनले भने, “प्रमुख बालीको रूपमा लगाउँदै आएको धान सबै ढलेर सोतर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी छ ।”

कृषकले लगाएको धानबाली पाकेर पहेँलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए । “यस वर्ष रोपाइँ गर्नका लागि समयमा वर्षा भएको थियो । समयमै रोपाइँ भएकाले उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको थियो । तर, केही दिनदेखि परेको अविरल वर्षाले ठूलो क्षति गरेको छ”, उनले भने, “क्षतिको विवरण जुटाउने काम भइरहेको छ । अहिले नै यति क्षति भयो भन्न सकिने अवस्था छैन ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौँ हजार ९८८ दशमलव ०३ हेक्टर जमिनमा धानखेती गर्ने गरिएको छ । विभिन्न प्रजातिका धान खेती हुँदै आएको जिल्लामा यस वर्ष २५ हजार ६४९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको थियो । तर, पाकेर थन्क्याउन लागिएको अवस्थामा लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरेपछि उत्पादनमा गिरावट आउने निश्चित भएको कृषकहरूले बताएका छन् । 

जिल्लाका अधिकांश कृषकले पाकेर पहेँलपुर भएको धानबाली थन्क्याउनका लागि ढालेर खेतमै सुकाएका थिए । वर्षभरि उपभोग गर्नका लागि थन्क्याउन ढालेर खेतको आँठामा सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको कृषकहरूले जनाएका छन् । 

लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरे पनि गहुँ, फलफूल, सागसब्जीलगायतका हिउँदेबालीलाई केही राहत मिलेको कृषकहरूले बताएका छन् । यद्यपि, धानबाली जिल्लाको प्रमुख बाली भएकाले अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति हुँदा यस वर्ष जिल्लामा भोकमरी हुने निश्चित भएको बताइएको छ ।