काठमाडौँ । भारतको तेलंगानाको रंगारेड्डीमा बस र ट्रक ठोक्किँदा २१ जनाको मृत्यु भएको छ। सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको हो । दुर्घटनामा धेरै जना घाइते भएको अन्तराष्ट्रिय माध्यम सञ्चारले जनाएको छ । बसमा करिब ७० जना सवार रहेको बताइएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बससँग ट्रक ठोक्किएको थियो। स्थानीय र प्रहरीले तीनवटा जेसीबीको मद्दतले भग्नावशेष हटाउँदै उद्दारमा खटेका थिए।
दुर्घटनामा बस र ट्रकका चालककोसमेत मृत्यु भएको छ। घाइतेहरूलाई उपचारका लागि चेभेला सरकारी अस्पताल लगिएको छ। तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले आवश्यक राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।







