२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत सीमा बन्द

अ+ अ-

काठमाडौँ। विहार विधान सभा निर्वाचनको २ दिनअघि नै नेपाल भारत सीमा क्षेत्र बन्द गरिएको छ । चुनावका बेला गडबडी फैलिने सूचनापछि सुरक्षा एजेन्सीले नेपाल-भारत बोर्डर हाइ अलर्टमा राखेको र ३ देखि ७ नम्बरको सीमा पूरै सिल गरिएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् ।

विहार विधान सभाको निर्वाचनका लागि नोभेम्बर ६ अर्थात् बिहीबार मतदान हुँदै छ । भारतको सबैभन्दा ठूलो प्रान्तमध्येको विहार चुनावले सिंगो देशको राजनीतिक उथलपुथल समेत गर्ने भएकाले अहिले भारतीय सत्ता राजनीतिका हस्तिहरू विहार केन्द्रित छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहु गान्धीले विहारमै डेरा जमाएका छन् ।

विहारमा लामो समयदेखि मुख्यमन्त्री चलाइरहेका जनता दल युनाइडेटका नेता नितिशकुमार फेरि एक पटक सोही पदको प्रतिस्पर्धामा छन् । उनलाई नरेन्द्र मोदीको भारतीय जनता पार्टी र रामविलाश पासवानका छोरा चिराग पासवानलगायतको साथ छ ।

टाइम्स अफ इण्डियाका अनुसार पछिल्लो मत सर्वेक्षणमा मुख्यमन्त्री पदमा व्यक्तिगतरूपमा जनताको पहिलो रोजाईमा परेका छन् लालु यादवका छोरा तेजस्वी यादव । उनको पक्षमा ३३ प्रतिशत जनताले मत दिँदा नितिश कुमारको पक्षमा २६ प्रतिशतको सर्वेक्षण छ ।

तर गठबन्धनको हिसाबले बिजेपी र नितिश गठबन्धनको धेरै सिट आउने प्रक्षेपण गरिएको छ । भाजपा एक्लैले ७० देखि ८१ सिट जित्दा नितिशको पार्टीले ४१ देखि ४८ सिट जित्ने प्रक्षेपण छ । यो मत सर्वेक्षण २ दिनअघिको हो ।

उता काँग्रेस, कम्युनिस्ट र लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको जनता दल युनाइडे पछिल्लो सर्वेक्षणमा केही सिट पछाडि छ । यो गठबन्धनबाट तेजश्वीको पार्टीले ७० देखि ७८ सिट र कम्युनिस्ट पार्टीका तीनवटा घटकले १२ देखि १७ सिट तथा काँग्रेस आइले पनि त्यसकै हाराहारीमा जित्ने सर्वेक्षण छ ।